असोज ७, काठमाडौं । कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।
उनीहरूले तामाङ परम्पराअनुसार विवाह गरेका हुन् । बुद्धिले विवाहमा केही आफन्त र कलाकार साथीहरूलाई निम्तो दिएका थिए ।
नेपाली सिनेमा क्षेत्रमा तामाङ ‘हैट’ नामले चर्चित छन् । पछिल्लो समय उनी म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।
