साउन २६, काठमाडौं । कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गए पछि उपत्यकाको जनजिवनमा थप कडाई गर्ने भएको छ । आज बसेको उपत्यकाको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले पहिलो सुचनालाई बताए ।
Rati chai.. kina lockdown gareko ni??
diuso vari.. aru sanga corona line ani raaat vari ghar maa sarnu??
What an Idea… Salute chha Nirnay lai..