कलाकार दयाहाङ राईलाई पुत्रलाभ

Byपहिलो सुचना

२०७९ आश्विन ७, शुक्रबार १६:०२ २०७९ आश्विन ७, शुक्रबार १६:०२ २०७९ आश्विन ७, शुक्रबार १६:०२

असोज ७, काठमाडौं । कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि यी दम्पतीलाई दोस्रो पुत्रलाभ भएको हो ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को सुटिङमा व्यस्त उनी सेटबाट सिधै अस्पताल पुगे । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको उनले बताएका छन् । केहि समय अब उनी अस्पतालमै रहेर पत्नी र बच्चाको स्याहार गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook