असोज ७, काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाली र हिन्दी संस्करणमा फिल्म भारतलगायत विश्वभर एकसाथ प्रदर्शनमा आएको हो ।
विश्वभर १२०० पर्दामा लागेको यस फिल्मको हिन्दी संस्करण भने नेपालमा घटस्थापनाबाट मात्रै प्रदर्शनमा आउनेछ ।
फिल्म ‘प्रेमगीत ३’लाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
