तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षमा पुनः सुरज पाख्रिन

Byपहिलो सुचना

२०८३ भाद्र १५, सोमबार ०९:५७ २०८३ भाद्र १५, सोमबार ०९:५७ २०८३ भाद्र १५, सोमबार ०९:५७

भदौ १४, क्यालिफोर्निया । तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको सातौँ अधिवेशन ले सुरज पाख्रिनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार, अगस्ट २९, २०२६ मा क्यालिफोर्नियास्थित तामाङ सामुदायिक केन्द्र , एल सोब्रान्तेमा सम्पन्न अधिवेशनले पाख्रिनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। संस्थाको नेतृत्वमा पुनः जिम्मेवारी पाएका पाख्रिनले संस्थालाई थप व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पी.बी गोले, उपाध्यक्षमा पुजा लामा चयन भएको छ भने महासचिवमा ज्ञानकाजी तामाङ, सचिवमा आवेल तामाङ सहित सदस्यहरु मिङमार तामाङ, सोनाम तामाङ , अनिता मोक्तान , प्रेम योञ्जन,सानो कान्छी तामाङ , विभा तामाङ , ग्याल्बो योञ्जन , राज दिम्दोङ चयन भएका छन । 

अधिवेशनमा संस्थाको आगामी कार्ययोजना, आर्थिक तथा सांगठनिक गतिविधि र सदस्यहरूको हितमा गर्नुपर्ने विभिन्न कामका विषयमा समेत छलफल भएको जनाइएको छ। तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्निया सन् २००९ मा स्थापना भएको संस्था हो। संस्थाले क्यालिफोर्नियामा रहेका तामाङ समुदायबीच सहकार्य, सामाजिक एकता तथा सामुदायिक हितका गतिविधिलाई अघि बढाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook