असार ३१, काठमाडौँ । सुनिल कुमार मोक्तानले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘पिरती लाउ मैच्याङ’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । विजय घिसिङ तामाङको शब्द तथा संगीत रहेको गीत को म्हेंदो मिडिया हाउस प्रालिले प्रस्तुत गरेको हो । को म्हेंदो मिडिया हाउसको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । त्यस्तै, को म्हेंदो मिडिया हाउस प्रालिकै प्रस्तुती रहेको यो गीत बिशाल कल्तन र पुर्णिमा ब्लोनले गाएका हुन् ।
गीतमा अमिर दोङ्ग, बिक्रम ठोकर, गोकुल लामा, पुर्णिमा ब्लोन, पूजा राई, र सन्तोष राईको आकर्षक अभिनय रहेको छ । गीतको अरेन्जरमा शुक्र दोङ्ग, र सिनेमाटोग्राफीमा अशोक रंजित रहेका छन् । गीतको निर्देशन र सम्पादन भने सुनिल मोक्तानले नै गरेका हुन् भने भिडियोमा मेकअप सुमन संखरको रहेको छ ।
