सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ आश्विन १२, बुधबार ०६:३२ २०७९ आश्विन १२, बुधबार ०६:३२ २०७९ आश्विन १२, बुधबार ०६:३२

असोज १२, सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार दुर्घटनामा ८ जना मृत्यु भएको छ । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । मृत्यु हुनेमा एक महिला र सात पुरुष छन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन ।

घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर पठाइएको छ ।

जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।

One thought on “सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook