क्यान्सर पिडित बालबालिका सहयोगार्थ साँगितिक कार्यक्रम हुँदै

ByGyan Kaji Tamang

२०८० जेष्ठ १, सोमबार ०७:२६ २०८० जेष्ठ १, सोमबार ०७:२६ २०८० जेष्ठ १, सोमबार ०७:२६

जेठ १, क्यालिफोर्निया । अमेरिकाको सेन फ्रान्सिस्कोमा ‘भिटेन योङ्ग लामा लाइभ इन सेन्फ्रन्सिस्को’ साँगितिक कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि मे २० तारिखमा हुँदै छ ।

नेपालमा रहेको धैर्य क्यान्सर फाउन्डेसनको सहयोगार्थ साँगितिक कार्यक्रम आयोजना गरिएको आयोजक टोलिका प्रमुख प्रेम लामाले बताए । यस कार्यक्रममा संकलन भएको रकम क्यान्सरपिडित बालबालिकाको उपचारमा प्रयोग हुने आयोजकले जानकारी दिए ।

आइतबार पत्रकार सम्मेलन गर्दै लामाले भने, “क्यान्सरजस्तो प्राणघातक रोगबाट ग्रसित बालबालिकाहरु आर्थिक अभावका करण उचित उपचार नपाउदा अकालमै ज्यान जानुका साथै व्यवारिसे भएर सडकमा माग्दै हिड्नु परेको अवस्था छ । हामीले गरेको सानो सहयोगका कारण उनीहरुको दयनीय जीवन सहज र सरल हुन सक्छ । त्यसैले बे एरियामा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु ।”

५५० बार्नवेल्ड एभेन्यु सेन फ्रान्सिस्को (550 Barneweld Avenue, San Fransisco) मा आयोजना हुने सो कार्यक्रम बेलुका ८ बजेदेखि सुरु हुनेछ भने कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय र्‍यापर समिर घिसिङ (भिटेन), योङ्ग लामा लगायतका अन्य स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिदै मनोरञ्जन दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook