कामपाका जनप्रतिनिधिहरुले आज पदबबहाली गर्दै

Byपहिलो सुचना

२०७९ जेष्ठ १६, सोमबार ०९:३८ २०७९ जेष्ठ १६, सोमबार ०९:३८ २०७९ जेष्ठ १६, सोमबार ०९:३८

जेठ १६, काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सदस्यले सोमवार पदबहाली गर्ने भएका छन् । कामपाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उप मेयर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।  

कामपाको ३२ वडामा प्रमुख उप प्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।     

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । 

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय भएका छन् ।  

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिवारदेखि शुरु गरी गत शुक्रवार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।

तीन लाख २४२ मतदाता रहेको कामपामा करीब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook