पोखरा विमानस्थलमा ट्याङ्कर दुर्घटना हुँदा सबै उडान रोकिए

Byपहिलो सुचना

२०७९ जेष्ठ १७, मंगलवार १०:०७ २०७९ जेष्ठ १७, मंगलवार १०:०७ २०७९ जेष्ठ १७, मंगलवार १०:०७

जेठ १७, पोखरा । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिएका छन् ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उनले बताए ।

उनले भने, ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्दतमा त्यसलाई हटाउन शुरु गरेका छौँ, आधा घण्टापछि सञ्चालन होला ।’ ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि मात्रै उडान सञ्चालन हुने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook