दमकका नवनिर्वाचित मेयर राम थापाले गरे कुनै सुविधा नलिने घोषणा

Byपहिलो सुचना

२०७९ जेष्ठ ८, आईतवार १५:५१ २०७९ जेष्ठ ८, आईतवार १५:५१ २०७९ जेष्ठ ८, आईतवार १५:५१ #स्थानीय चुनाव

जेठ ८, दमक । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगद्वारा निर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा सुविधा नलिने स्पष्ट पारेका हुन् ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे । दमकको समृद्धि र विकास गर्न आफ्नो एक मात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । 

राप्रपासहितको सत्तारूढ गठबन्धनबाट उनी नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसाई निर्वाचित भएका  थिए । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook