झापा-१ मा विश्वप्रकाश शर्माको अग्रता

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार १८:१० २०७९ मंसिर ५, सोमबार १८:१० २०७९ मंसिर ५, सोमबार १८:१०

मङ्सिर ५, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि छन् ।

४ सय मत गणना हुँदा उनी २१७ मतका साथ अगाडि देखिएका छन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अग्नि खरेल १०३ मतका साथ दोस्रो स्थानमा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए ।

कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।

त्यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेका रबिन कोइरालासँग हारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook