मकवानपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ आश्विन ६, बिहीबार १६:१३ २०७९ आश्विन ६, बिहीबार १६:१३ २०७९ आश्विन ६, बिहीबार १६:१३

असोज ६, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ ।

जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook