कपनको आगलागीमा मृत्यु हुने तीनै जनाको सनाखत

Byपहिलो सुचना

२०७९ आश्विन ६, बिहीबार ०९:५६ २०७९ आश्विन ६, बिहीबार ०९:५६ २०७९ आश्विन ६, बिहीबार ०९:५६
Fire

असोज ६, काठमाडौं । कपनको एक घरमा भएको आगलागीमा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook