नुमा पाख्रीन, असोज १० काठमाडौं । प्रतिनिधी सभा सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘गन्तव्य जुगल’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । कार्यक्रममा सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो संग्रहित पुस्तक ‘गन्तव्य जुगल’ बिमोचन गरेका थिए ।

उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे ।

