काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

Byपहिलो सुचना

२०७९ आश्विन ५, बुधबार १७:३६ २०७९ आश्विन ५, बुधबार १७:३६ २०७९ आश्विन ५, बुधबार १७:३६
Kathmandu Metropolitan City Office

असोज ५, काठमाडौं । राजधानी सहरलाई कुरूप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले बुधवार सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्डर डिजिटल बोर्डर अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ ।

सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook