भदौ ३१, काठमांडौ । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरूद्ध जारी सेमिफाइनलमा नेपालले भारतलाई १ गोल गर्दै पराजित गरेको छ ।
नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै भारतमाथि १-० अग्रता लिएको थियो । नेपालको लागि रश्मीकुमारी घिसिङले गोल गरिन् भने उनले गरेको सो गोल नै निर्णयक बन्न पुगेको छ ।
