ज्ञानकाजी तामाङ, माघ १२ काठमाण्डौ । । अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने तामाङ समुदायले २८६२ सोनाम ल्होछार ता ल्हो(घोडा) वर्ष धुमधामले मनाएका छन् । तामाङ को अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले आयोजित “ल्होछार रिमठिम साँझ–२०२६ ” कार्यक्रम जनवरी २४ शनिवार क्यालिफोर्नियाको रिचमण्ड सिटिको सिटि हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाले लामो समयदेखि नेपालमा रहेर तामाङ समुदायको सामाजिक संरचना, संस्कृति, ईतिहास र पहिचान सम्बन्धी विषयहरुमा गहिरो अनुसन्धान गरि तामाङ समुदायलाई विश्व समुदायमा चिनाउन महत्वपुर्ण योगदान दिएका कर्णेल विश्व विद्यालयका प्रोफेसर डा. क्याथरिन मार्च र डा. डेभिड होम्बर्कलाई आजिवन सदस्यको उपाधीले सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकार सान् फ्रान्सिस्कोका लागि महावाणिज्य दुत ऋषिराज भट्टराईले नेपाल बाहिर पनि नेपालीले आफ्नो भाषा, संस्कृति र रिमठिम प्रर्वद्धनमा तामाङ समुदायले महत्पुर्ण भुमिका खेलेको बताए ।
रिचमण्ड सिटिका मेयर तथा कार्यक्रमका विषेश अतिथि यडोवार्दाे मार्टिनेजले क्यालिफोर्निया राज्याको सौदर्यको रुपमा नेपाली समुदाय पनि रहेको बताउदै अमेरिकाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिया सहभागिताले झनै सुन्दर बनाएको र अमेरिका हरेक समुदायको लागि अवसरको देश रहेकाले यहा बस्ने कुनै पनि व्यक्ति अधिकारबाट बञ्चित नहुने स्पष्ठ पारेका थिए ।
तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले समुदायिक केन्द्र र गुम्बा निर्माणको लागि सहयोग जुटाउने उदेश्यले आयोजना गरेको सो कार्यक्रमबाट करि २ करोड ३५ लाख रुपैया(१ लख ६० हजार डलर) जम्मा भएको संस्थाको अध्यक्ष सुरज पाख्रिनले बताए । कार्यक्रममा लागेको खर्च कटाएर सो रकम तामाङ सामुदायिक केन्द्र र गुम्बा स्तरउन्नतिको लागि खर्च गरिने बताएको छन् । संस्थाले गत करिब ९ करोड रुपैयामा सामुदायिक केन्द्र खरिद गरेको थियो । पाख्रिनले अगाडि भने “ तामाङ समुदाय मात्रा हैन सिँगो नेपाली र हरेक मानवको लागि साथ सहयोग र सहज हुने गरि सामुदायि केन्द्र स्थापना गरेका छौ । हामीले नेपाली र तामाङ समुदायको भाषा, धर्म, सँस्कृति र एकता संरक्षण गर्ने अभियानमा छौ । कुनै पनि नेपाली व्यक्तिलाई सेवा दिन हाम्रो सामुदायिक केन्द्र तत्पर छौ”
नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष कुमार दोङले आदिवासी जनजाति समुदायले विश्व मञ्चमा नेपाललाई बहुसांस्कृतिक रुपमा चिनाएको बताएका थिए ।
कार्यक्रममा नेपाल सरकारको तर्फबाट सान् फ्रान्सिस्कोका लागि महावाणिज्य दुत ऋषिराज आचार्य, रिचमण्ड सिटिका मेयर यडोवार्दाे मार्टिनेज, सर्कुलस सिटिका पहिलो नेपाली निर्वाचित सिटि काउन्सुर डिल्ली भट्टराई, एनआरएन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपि ढकाल, नेपाली एसोसियसन नर्देन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्की, कर्णेल विश्वविद्यालायका प्रोफेसर डा. क्याथरिन मार्च, डा.डेभिट होल्मबर्क तथा डेट दर्जन संघसस्थाको प्रतिनिधिहरु सहित करिब १ हजार ८ सय भन्दा बढि दर्सकले सहभागिता जनाएको थियो ।
कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक प्रस्तुति ताम्बाद्धार साङसेरगेम, लामा गुरुद्धार पुजा र बोन्बो(झाँक्री) नाच प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरुले तामाङ सेलोमा नृत्या प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा मंगोलियन हार्ट व्याण्डका गायक राजुलामाले आफ्नो प्रस्तुतीले पुरै साँझ संगितमय बनाएको थियोभने अतिथि कलाकार रश्मि तामाङ र हेम वाईवा ले प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै लामाले वे यरियाको नेपाली समुदायको एकता विश्वमै उदाहरणीय रहेको बताए ।
सोनाम ल्होछारको विस्तृत फोटो फिचरमा :

कार्यक्रममा ताम्बा गित प्रस्तत गर्दै कलाकार

सम्मान पश्चात मन्तब्य राख्दै प्रोफेसर डा. क्याथरिन मार्च, डा.डेभिट होल्मबर्क





