तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

Byपहिलो सुचना

२०७९ श्रावण १६, सोमबार १२:४७ २०७९ श्रावण १६, सोमबार १२:४७ २०७९ श्रावण १६, सोमबार १२:४७

साउन १६, सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा  तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।  

साना सवारी साधन निर्बाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook