नक्कली नागरिकता लिएको भेटिएपछि थालियो छानबिन

Byपहिलो सुचना

२०७९ श्रावण १६, सोमबार १३:१८ २०७९ श्रावण १६, सोमबार १३:१८ २०७९ श्रावण १६, सोमबार १३:१८

साउन १६, विरगन्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । 

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीया राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाई रजनी गोले नामबाट  ३३-०२-०७९-००५१३ नंको नागरिकता लिएको देखिएको छ ।

सो घटनाबारे  छानबिन थालिएको छ। उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए । 

राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो । किर्ते जालसाजी गरी अभिभावकमा बुवाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ । झूटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ । 

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ ।

उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुवाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गरसमेत लेखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook