अवैध कपडा र चिनी बरामद

Byपहिलो सुचना

२०७९ असार २८, मंगलवार ०९:०१ २०७९ असार २८, मंगलवार ०९:०१ २०७९ असार २८, मंगलवार ०९:०१

असार २८, नवलपुर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट बरामद गरिएको छ।

मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७ नंको ट्रकमा ल्याउँदै गरेको अवस्थामा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए।

प्रहरीले बरामद गरेको कपडा र चिनीको हालको बजार मूल्य करिब रु ५४ लाख ३६ हजार बराबारको रहेको जनाइएको छ।

सामानको बिलबिजक नभेट्टाएपछि नियन्त्रणमा लिइएको कपडा र चिनी सोमबार नै आवश्यक कारबाहीका लागि राजस्व कार्यालय रुपन्देहीमा पठाइएको प्रमुख महर्जनले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook