मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

Byपहिलो सुचना

२०७९ असार २६, आईतवार १७:१० २०७९ असार २६, आईतवार १७:१० २०७९ असार २६, आईतवार १७:१०

असार २६, काठमाडौं । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरका पाँच क्रसर उद्योगमा आइतबारदेखि तालाबन्दी गरिएको छ ।

लिखित र मौखिक रूपमा पटकपटक जानकारी गराउँदा पनि राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ। सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ।

ती उद्योगले गाउँपालिकालाई एक करोड ५४ लाख रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए।

मकवानपुरगढी गाउँपालिका-५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख रुपैयाँ, आधुनिक क्रसर उद्योगले २३ लाख रुपैयाँ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख रुपैयाँ तिर्न बाँकी छ।

त्यस्तै मकवानपुरगढी-२ स्थित नमूना बालुवा उद्योगले ३० लाख रुपैयाँ तथा मकवानपुरगढी वडा नम्बर ६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख रुपैयाँ राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। 

ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाईंले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook