गायक विपुल क्षेत्री ग्रामीको सदस्यमा मनोनित

Byपहिलो सुचना

२०७९ असार १५, बुधबार १८:३२ २०७९ असार १५, बुधबार १८:३२ २०७९ असार १५, बुधबार १८:३२

असार १५, काठमाडौं । नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् ।

विश्व संगीतको ओस्कार अवार्ड मानिने ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन् । सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् ।

रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ ।

भारतको कालिम्पोङमा जन्मिएका उनले सन् २०१४ देखि साङ्गितिक करियर सुरु गरेका थिए । उनले सिन्डिकेट, वसन्त, गहिरो गहिरो, मुग्लान जस्ता हिट गीत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook