प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

Byपहिलो सुचना

२०७९ असार ४, शनिबार २०:३१ २०७९ असार ४, शनिबार २०:३१ २०७९ असार ४, शनिबार २०:३१

असार ४, काठमाडौं । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल भएकी छन् । ललितपुरको गोदावरीमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

यस्तै उनले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भएकी छन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् ।

हिडन ट्रेजरले आयोजना गरेको यस प्रतियोगितामा २४ प्रतिस्पर्धी थिए ।

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook