जेठ १५, काठमाडौं । सरकारले उद्यमशिलता दशक अभियानका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यसका लागि प्रधानमन्त्री नेपाली उत्पादन नेपाली उपभोग कार्यक्रमको प्रारम्भ पनि गरिने उनको भनाइ छ ।
