सुनको मूल्यमा भारी वृद्धि

Byपहिलो सुचना

२०८२ पुष ८, मंगलवार १३:०५ २०८२ पुष ८, मंगलवार १३:०५ २०८२ पुष ८, मंगलवार १३:०५

पुस ८, काठमाडौँ ।  आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा रू. २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू. चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु. दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू. चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook