जेठ १५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/ ८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
कृषि क्षेत्रको विकासका लागि सरकारले उक्त व्यवस्था गर्न लागेको हो ।
यसका साथै सरकारले आगमी आर्थिक वर्षलाई कृषि उत्पादनको राष्ट्रिय अभियानको रुपमा मनाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य सहित यस्तो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
