लमजुङमा उम्मेदवारविरूद्ध उजुरी

Byपहिलो सुचना

२०७९ बैशाख १३, मंगलवार २१:०९ २०७९ बैशाख १३, मंगलवार २१:०९ २०७९ बैशाख १३, मंगलवार २१:०९ #स्थानीय चुनाव

बैशाख १३, लमजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा उजुरी परेको हो ।

जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार प्रकाश कतिलाविरूद्ध उजुरी परेको मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए।

उनले भने, ‘कतिलाविरूद्ध नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदवार मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिनुभएको छ।’

केही महिनाअघि न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा चोरी मुद्दा परेको थियो। सोविरूद्ध अदालतमा परेको मुद्दा देखाएर उनले दाबी विरोध उपरको उजुरी दिएका हुन्। आएका दाबी विरोधउपरको उजुरीमाथि छानबिन गरिने काफ्लले बताए।

कतिलालाई अदालतले एक महिना कैद र १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत काफ्लेले बताए। जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरूद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ। जिल्लामा विभिन्न पदका लागि एक हजार १४७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook