रसुवामा दुई महिला वडा सदस्य निर्विरोध

Byपहिलो सुचना

२०७९ बैशाख १३, मंगलवार १७:३१ २०७९ बैशाख १३, मंगलवार १७:३१ २०७९ बैशाख १३, मंगलवार १७:३१ #स्थानीय चुनाव

बैशाख १३, रसुवा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक/एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहेको बताइएको छ।

उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, मङ्गोल अर्गनाइजेसन दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन्। 

पाँच वटा गाउँपालिका र २७ वटा वडा रहेको रसुवा जिल्लामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल ५०३ जनाले उम्मेदवारी दर्ता गराएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook