इँटा बोकेको ट्रकमा आगलागी

Byपहिलो सुचना

२०७८ चैत्र १७, बिहीबार १२:४४ २०७८ चैत्र १७, बिहीबार १२:४४ २०७८ चैत्र १७, बिहीबार १२:४४
Fire

चैत १७, भरतपुर । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook