कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

Byपहिलो सुचना

२०७८ चैत्र १६, बुधबार ११:५४ २०७८ चैत्र १६, बुधबार ११:५४ २०७८ चैत्र १६, बुधबार ११:५४
Vaccine

चैत १६, कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरूद्ध खोपको दोस्रो मात्रा लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । 

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् ।

निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए ।

हाल सबै जिल्लामा कोरोनाविरूद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । 

पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २६ रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook