तेजस्वी प्रकाश बनिन् बिग बोस सिजन–१५ को विजेता

Byपहिलो सुचना

२०७८ माघ १७, सोमबार ०९:३२ २०७८ माघ १७, सोमबार ०९:३२ २०७८ माघ १७, सोमबार ०९:३२

माघ १७, काठमाडौं । अभिनेत्री तेजस्वी प्रकाश भारतीय टीभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन् । उनले ट्रफीसँगै ४० लाख भारतीय रूपैयाँ नगद प्राप्त गरिन् ।

तेजस्वीले प्रतीक सहजपाललाई हराउँदै उपाधि जितेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो । बिग बोस १५ को फाइनलमा तेजस्वी प्रकाशसँगै प्रतीक सहजपाल, करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्ट पुगेका थिए ।

बिग बोस १५ को ट्रफी जित्नुअघि तेजस्वी प्रकाशले कलर्स टेलिभिजनको शो ‘स्वरागिनी’ मा शीर्ष भूमिका निभाएकी थिइन् । यस्तै खतरो के खेडाडीको १० औं संस्करणमा समेत उनले भाग लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook