मङ्सिर २७, काठमाडौं । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् । सन्धुले आज इजरायलमा भएको ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी हुन् ।
भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् ।
मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेकाे पञ्जाबी चलचित्र ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आउँदो वर्ष रिलिज हुँदैछन् ।
यो सँगै भारतले २१ वर्ष पछि मिस युनिभर्सको ताज जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।
