ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु

Byपहिलो सुचना

२०७८ माघ १३, बिहीबार १०:२२ २०७८ माघ १३, बिहीबार १०:२२ २०७८ माघ १३, बिहीबार १०:२२

माघ १३, काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय भारतीय नागरिक दिलिप राजवंशी रहेका छन् ।

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा दुइटा ग्यास बुलेटको बिचमा उनी च्यापिएका थिए ।

प्रहरीका अनुसार ती बुलेट एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ नम्बरका थिए ।

गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए ।

राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook