बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते

Byपहिलो सुचना

२०७८ माघ १३, बिहीबार ०९:४७ २०७८ माघ १३, बिहीबार ०९:४७ २०७८ माघ १३, बिहीबार ०९:४७

माघ १३, काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहान दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बसमा ३२ जना यात्रु थिए । दुर्घटनामा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook