माघ १२, काठमाडौं । आज भएको राष्ट्रिय सभा सदस्यको चुनावमा लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले जितेका छन् ।
एकीकृत समाजवादीकि राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् । गैरेले ४३६५, विश्वकर्माले ४३४४ र शर्माले ४३७४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित भएका छन् ।
मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए । मतदान कर्मचारी मिलन केन्द्रमा भएको थियो ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
