नेकपा एमाले भक्तपुर अध्यक्षमा बचन देउजा सर्वसम्मत

Byपहिलो सुचना

२०७८ पुष २५, आईतवार ०६:४६ २०७८ पुष २५, आईतवार ०६:४६ २०७८ पुष २५, आईतवार ०६:४६
emale

पुष २५, भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनले बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार भएको अधिवेशनले उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले बताए ।

बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेता समेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाएका थिए ।

उक्त नाममा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले बताए ।

टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्ग्याएर ल्याएको थियो ।

जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथला लगायतको प्रयासबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook