कात्तिक ५, काठमाडौं । धादिङ, खरी केन्द्रविन्दु भइ आइतबार बिहान भुकम्प गएको छ । बिहान ७:३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो ।
पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ ।
