इजरायलबाट तीनवटा शव काठमाडौं ल्याइयो

Byपहिलो सुचना

२०८० कार्तिक ५, आईतवार १०:१४ २०८० कार्तिक ५, आईतवार १०:१४ २०८० कार्तिक ५, आईतवार १०:१४

 कात्तिक ५, काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । एउटा शव दिउँसो १ बजे ल्याइनेछ । 

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ । नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ । शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook