सुडोकूका सर्जक माकी काजीको निधन

Byपहिलो सुचना

२०७८ भाद्र १, मंगलवार २२:२७ २०७८ भाद्र १, मंगलवार २२:२७ २०७८ भाद्र १, मंगलवार २२:२७

भदौ १, टोकियो (जापान) । विश्वभर चर्चित नम्बर पजल सुडोकूका सर्जक माकी काजीको निधन भएको छ । 

६९ वर्षको उमेरमा काजीको निधन अगष्ट १० मा टोकियोस्थित उनकै घरमा भएको बताइएको छ । उनको मृत्युको पुष्टि काजीको कम्पनीले मंगलवार गरेको हो । उनी पित्त नलीमा क्यान्सरको समस्यासँग जुधिरहेका थिए । 

उनी गडफादर अफ सुडोकु भनेर चिनिन्थे । शुरुमा जापानमा मात्रै सीमित रहेको सो पजलको लोकप्रियता बेलायती पत्रिका द टाइम्समा सुडोकू प्रकाशित भएपछि विस्तारै विश्वभर चुलियो । सन् २००६ यता वार्षिक रुपमा विश्वस्तरीय सुडोकु प्रतिस्पर्धा हुँदै आएको छ ।

केइओ विश्वविद्याल पढिरहँदा बीचमै पढाई छाडेर काजीले जापानको पहिलो पजल पत्रिका शुरु गरेका थिए । उनले सन् १९८३ मा निकोली नामक कम्पनीको स्थापना गरे । सुडोकुको विकास पनि उनले त्यति बेला तिर नै गरेका हुन् । 

यस वर्षको जुलाईसम्म उनी सोही कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । निकोलीले सय भन्दा धेरै सञ्चार कम्पनीहरुलाई मौलिक सुडोकु पजल उपलब्ध गराएको छ । यीमध्ये १० विदेशी सञ्चार कम्पनी थिए । काजीकी एक श्रीमति र दुई छोरीहरु छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook