चीनको खुद्रा विक्री सुस्तायो

Byपहिलो सुचना

२०७८ भाद्र १, मंगलवार २२:२३ २०७८ भाद्र १, मंगलवार २२:२३ २०७८ भाद्र १, मंगलवार २२:२३

भदौ १, पेचिङ (चीन) । चीनको खुद्रा विक्री र औद्योगिक उत्पादन जुलाईमा सुस्ताएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । कोरोना भाइरसको संक्रमण बल्झिएसँगै माग घटेपछि विक्री पनि प्रभावित भएको हो ।हालै आएको बाढीले पनि व्यवसायमा अवरोध सृजना गरेको छ ।

गत वर्ष कोरोनाको महामारीका कारण सुस्ताएको आर्थिक गतिविधि चाँडै नै पुनःबहाली भएको थियो । तर भारतमा पहिलो पटक देखा परेको कोरोनाको भ्यारिएन्ट डेल्टाका कारण बढ्दो संक्रमण नियन्त्रण गर्न स्थानीय स्तरमा पुनः लकडाउन गर्न थालिएको छ । 

यात्रामा पनि व्यापाक प्रतिबन्ध लगाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा जुलाईमा खुद्रा विक्री साढे ८ प्रतिशतले मात्रै बढेको राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस) को तथ्यांकले देखाएको छ । यो ब्लुम्बर्गको जनमत सर्वेक्षणमा संलग्न विश्लेषकहरुले गरेको औसत अनुमानभन्दा कम हो । जुनमा भने खुद्रा विक्री १२ दशमलव १ प्रतिशतले बढेको थियो । 

जुलाईमा औद्योगिक उत्पादन ६ दशमलव ४ प्रतिशतले बढेको छ । यो पनि गत महीनाको तुलनामा कम भएको एनबीएसले बताएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook