नेपालबाट भारतले १० वर्षमा १०हजार मेगावाट बिजुली लैजाने

Byपहिलो सुचना

२०८० जेष्ठ १८, बिहीबार १३:४८ २०८० जेष्ठ १८, बिहीबार १३:४८ २०८० जेष्ठ १८, बिहीबार १३:४८

जेठ १८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको द्विपक्षीय वार्तापछि संयूक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे ।

४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पनि निर्माण सम्झाैता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook