जेठ १८, काठमाडौं । नेपाल र भारतबीच दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने सम्झौता भएको छ ।
नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका तर्फबाट पेट्रोल, प्राकृतिक ग्यास र शहरी क्षेत्रका हाउजिङ मामिला मन्त्री हर्दिप सिंह पुरीबीच सम्झौता पत्र आदान प्रदान भएको हो ।
सो सम्झौतापछि अब चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुनेछ ।
त्यहाँ एक लाख बढी किलोलिटर क्षमताको ग्रीन फिल्ड टर्मिनल (डिपो) बनाइने छ ।
त्यस्तै, शिलगुडी–झापा पेट्रोलियम पाइपलाइन पनि बन्ने भएको छ । इंडियन आयाल कर्पोरेसनको सिलगुडीमा रहेको डिपोबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने हो ।
नेपाल आयाल निगमको आफ्नै जग्गामा ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम बनाइने छ ।
पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य सरकारको नीति तथा कार्यान्वयनमा समेटिदै आएको थियो ।
२०२० को डिसेम्बरमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमको संयूक्त टोलीले गरेको अध्ययन अनुसार दुई वटा पाइपलाइन र एउटा टर्मिनल बनाउन लागत १७ अर्ब लाग्ने निष्कर्ष निकालेको थियो ।
