नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता

Byपहिलो सुचना

२०८० जेष्ठ १८, बिहीबार १३:३१ २०८० जेष्ठ १८, बिहीबार १३:३१ २०८० जेष्ठ १८, बिहीबार १३:३१

जेठ १८, काठमाडौं । नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणको क्रममा द्विपक्षीय सम्झौता भएको हो ।

नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्‍याउने सहमति भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम(एसजेभीएन)ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो । त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook