भाद्र १, काठमाडौँ। अफगानिस्तानबाट १२७ जना काठमाडौँ आइपुगेका छन्। ११८ जना नेपाली सहित ९ जना भारतीय गरि १२८ जना कुबेत हुँदै मंगलबार बिहान जजिरा एयरको विमानमार्फत नेपाल आइपुगेका हुन्।
अफगानिस्तानको काबुलबाट अमेरिकी वायुसेनाको पहलमा नेपालीहरुलाई देश ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। तालिवानले अफगानिस्तानको राजधानी सहरमा प्रवेश गरेपछि चार्टर्ड विमानमा उनीहरुलाई कतारको दोहा र कुवेत हुँदै काठमाडौं ल्याइएको थियो।
परराष्ट्र मन्त्रालयले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अफगानिस्तान बाट नेपाली नागरिकहरुको आगमन शुरु भएको जानकारी गराएको छ। उनीहरुलाई लिन नेपाली सेनाको टोली एयरपोर्ट पुगेको थियो।
धेरै नेपाली अझै पनि अफगानिस्तानमा उद्धारको लागी पर्खिरहेका छन्। मन्त्रालयको सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने परराष्ट्र मन्त्रालय को भनाइ छ।
नेपालले अफगानिस्तानमा कार्यरत नेपालीहरुको उद्धारमा सहयोग गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान गरेको थियो। धेरैजसो नेपालीहरूले देशमा रहेका अन्तर्राष्ट्रिय कूटनीतिक नियोगका लागि गार्डको रूपमा काम गरे।
