२४ घण्टामा थप ३,२७४ जना संक्रमित

Byपहिलो सुचना

२०७८ भाद्र १, मंगलवार १७:४८ २०७८ भाद्र १, मंगलवार १७:४८ २०७८ भाद्र १, मंगलवार १७:४८ #covid news

भाद्र १, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार १ सय २७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १७ हजार ६ सय ८९ जनाको परिक्षनमा ३,२७४ जना संक्रमण देखिएको हो। ११ हजार ५६५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ जनाको एन्टीजेन परीगक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ३ सय ५४ पुगेको छ।

त्यसैगरी १ हजार ९२९ जना संक्रमण मुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook