बागमती प्रदेशको प्रदेशसभा बैठक आज

Byपहिलो सुचना

२०७८ भाद्र १, मंगलवार ११:१७ २०७८ भाद्र १, मंगलवार ११:१७ २०७८ भाद्र १, मंगलवार ११:१७

भाद्र १, काठमाडौँ। बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजे हुँदैछ। बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक आज बोलाइएको हो।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको छ । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् ।

प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook