चितवन–२ मा रवि लामिछाने विजयी

Byपहिलो सुचना

२०८० बैशाख १२, मंगलवार १३:०५ २०८० बैशाख १२, मंगलवार १३:०५ २०८० बैशाख १२, मंगलवार १३:०५

बैशाख १२, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । बैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका हुन् ।

उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पारेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook