प्रतिनिधिसभाको बैठक आज बस्दै

Byपहिलो सुचना

२०८० बैशाख १३, बुधबार १०:३९ २०८० बैशाख १३, बुधबार १०:३९ २०८० बैशाख १३, बुधबार १०:३९

बैशाख १३, काठमाडौँ । आज (बुधबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकको कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आज संसदीय समितिमा रहने सदस्यहरूको टुंगो लगाउने संघीय संसद सचिवालयले जनाएकाे छ ।

त्यस्तै, संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुने भएको छ । उक्त प्रस्तावलाई नेकपा एमालेका सांसद रघुजी पन्तले सर्मथन गर्नेछन् ।

त्यस्तै, आजको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमा दफावार छलफल सुरु हुनेछ । विधेयकमाथि दफावार छलफलको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook