मलेसियाका प्रधानमन्त्रीले दिए राजिनामा

Byपहिलो सुचना

२०७८ श्रावण ३२, सोमबार २०:२७ २०७८ श्रावण ३२, सोमबार २०:२७ २०७८ श्रावण ३२, सोमबार २०:२७
तस्बिर: एएनआई

साउन ३२, काठमाडौँ। मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिएका छन्।

एएनआईका अनुसार उनले आफ्नो राजिनामा राजा समक्ष बुझाएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममार्फत जानकारी दिए।

प्रधानमन्त्री यासीनले सोमबार मन्त्रीपरिषद्का सदस्यहरुले दिएको राजिनामासहितको पत्र लिएर राजालाई भेट्न पुगेका थिए। तल्लो सदनमा प्रधानमन्त्री अल्पमतमा परेपछि उनले राजिनामा दिएका हुन्।

यासीन गत वर्ष मार्च महिनामा प्रधानमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook